काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको आर्सनल पराजित भएको छ । विहीबार राति भएको खेलमा आर्सनल वेस्टह्याम युनाइटेडसँग २–० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदान इमिरेट्समा आर्सनल पराजित भएसँगै लिभरपुललाई पछि पारेर शीर्ष स्थानमा उक्लने मौका गुमेको छ ।
लिभरपुल ४२ अंकका साथ शीर्ष स्थानमा रहँदा आर्सनल ४० अंकका साथ दोस्रो स्थानमा यथावत रहन पुग्यो ।
जित निकालेको वेस्टह्याम भने म्यानचेस्टर युनाइटेडलाई पछि पार्दैै छैटौं स्थानमा उक्लिएको छ । वेस्टह्यामको ३३ अंक भएको छ ।
स्टह्याको जितमा थोमस साउसेक र मोन्स्टानटिनोस माभरोपानोसले एक एक गोल गरे । थोमस साउसेकले १३औं मिनेटमा जारोड बोवेनको पासमा गोल गर्दै अग्रता दिलाए ।
पहिलो हाफमा १ गोल गरेको वेस्टह्यामले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । जेम्स वार्डको पासमा माभरोपानोसले गोल गरेपछि ५५ औं मिनेटमा अग्रता दोब्बर भएको थियो । सोही गोल अन्तर अन्तिमसम्म कायम राख्दै वेस्टह्यामले आर्सनलविरुद्ध २–० को सहज जित निकाल्न सफल भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया