काठमाडौं । एन आई सी एशिया क्यापिटल र काठमाडौं ल्यानकोबीच क्यापिटलको आईडिया टु आईपिओ सेवा अन्तर्गत “निष्काशन तथा बिक्री प्रबन्धक” नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
क्यापिटलले आईडिया टु आईपिओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।
सोही सेवा अन्तर्गत तीनधारा मार्ग काठमाडौं नेपालमा रजिष्ट्रार कार्यालय रहेको काठमाडौं ल्यानको प्रा.लि.लाई क्यापिटलको आईडिया टु आईपिओ सेवा अन्तर्गत काठमाडौं ल्यानको प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र काठमाडौं ल्यानकोबिच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
काठमाडौं ल्यानको प्रा.लि. संगठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यवसायीक घर जग्गा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो ।
हाल उक्त कम्पनीले भैंसेपाटी, काठमाडौंमा २३ रोपनी क्षेत्रफलमा व्यवस्थित भिलाहरु निर्माण गर्न लागेको छ । जस मध्ये पहिलो चरणमा ३३ वटा भिला निर्माण गर्नको लागि काठमाडौं उपत्यका विकास प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरी निर्माणको चरणमा रहेका छन् भने दोश्रो चरणमा अपार्टमेन्ट भवन निर्माण गर्न आवश्यक कार्य अगाडी बढाइएको छ ।
काठमाडौं ल्यानकोले आवासीय परियोजनाहरुको अतिरिक्त काठमाण्डौ उपत्यका भित्र र उपत्यका बाहिर उच्च गुणस्तरीय स्तरका भवन निर्माण गर्ने लक्ष्य सहित उच्च व्यवसायीक क्षमता हासिल गरेका संचालक, संस्थापक र संस्थागत लगानीकर्ताहरुको समूहबाट स्थापित संस्था भएको हुँदा आगामी दिनमा साना ठुला सबैं किसिमका व्यक्तिगत भिला तथा व्यवसायीक भवन निर्माणमा आफ्ना व्यवसाय तिब्र बिस्तार गरी नेपालको रियल इस्टेट विकास कम्पनीको रुपमा नम्बर वान कम्पनी बन्ने लक्ष्यका साथ अगाडी बढीरहेको छ ।
एन आई सी एशिया क्यापिटलले आईडिया टु आईपिओ सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग श्री दामोदर रायमाझीज्यूलाई मोवाइल नं.९८०२३५५६७८ मा सोझै सम्पर्क गर्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया