एनएसएल :  उपाधिका लागि धनगढी र ललितपुर भिड्दै

लोकपथ
1k
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधीका लागि आजसाविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि खेलाइनेछ ।

लगातार दोस्रो पटक फाइनल खेल्न लागेको धनगढी पहिलो पटक उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रनेछ ।

धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गदै लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो ।

उता ललितपुरले पनि दोस्रो क्वालिफायरमा पोखरालाई नै २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

पहिलो पटक फाइनलमा पुगेको ललितपुर पनि उपाधि होडमा छ ।  लिगमा उतारचढावपुर्ण यात्रा तय गरेको ललितपुर यो मौकालाई खेर जान दिने पक्षमा छैन ।

एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।  उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ ।  लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?