काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले चुमेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि चुमेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।
गत सिजनमा उपविजेता बनेको धनगढी एफसीको यात्रा यस पटक पनि उपविजेतामा नै सीमित भयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया