जापानमा शक्तिशाली भूकम्प

लोकपथ
12.4k
Shares

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ ।

जापानको स्थानीय समय अनुसार बिहान ४ बजे जापानको नोतो प्रान्त केन्द्रबिन्दु भएर ७ दशमलव ६ म्याग्नेच्यूडको भूकम्प गएको हो ।

मध्य जापान र यसको पश्चिमी तटीय क्षेत्रमा सोमबार आएको शक्तिशाली भूकम्प र सुनामीका कारण त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ भने हजारौँ घरमा विद्युत आपूर्ति बन्द भएको छ भने प्रभावित क्षेत्रमा उडान तथा रेल सेवा अवरुद्ध भएको छ ।

भूकम्पका कारण जापानको समुद्री तटका केही भागमा करिब एक मिटरको छाल आएको र ठूलो लहर आउन सक्ने सरकारी प्रसारक एनएचकेले जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीले तटीय प्रान्त इशिकावा, निगाता र तोयामाका लागि सुनामीको चेतावनी जारी गरेको छ । रुसले आफ्नो सुदूर पूर्वी शहर भ्लादिभोस्तोक र नाखोड्कामा पनि सुनामीको चेतावनी जारी गरेको छ ।

प्रधानमन्त्री फुमियो किशिदाले एनएचकेमा प्रसारित टिप्पणीमा अधिकारीहरूले अझै पनि क्षतिको मात्राको आकलन गरिरहेको र बासिन्दाहरूले थप कम्पनको लागि तयारी गर्न आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?