काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटका तेस्रो खेलमा मलेसियाले नेपाललाई ९३ रनको विजय लक्ष्य दिएको छ ।
क्वालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रन समेटियो ।
आयोजक मलेसियाविरुद्ध बायोमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।
नेपालका लागि कुशल मल्ल र पवन शर्राफले समान ३–३ विकेट लिए । कमल सिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए ।
दुई खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया