काठमाडौं । । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटका तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।
क्वालाम्पुरस्थित बायुमास ओभलमा सोमवार भएको खेलमा मलेसियाले नेपाललाई दिएको ९३ रनको विजयी लक्ष्य नेपालले १३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि टु हारेर पहिलो क्याटिङ गरेको मलेसिया ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रनमा समेटियो ।
मलेसियाका लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रन बनाए भने कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।
नेपालका पवन सर्राफ र कुशल मल्ले ३–३ विकेट लिए । कमल सिंह ऐरीले २ विकेट लिए ।
यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो ।
सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया