एक्सनमा बीमा प्राधिकरण : यी हुन् कारवाहीमा पर्ने निर्जीवन बीमा कम्पनीहरु

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरण एक्सनमा उत्रिएको छ । पछिल्लो समय तीन वटा बीमा कम्पनीहरुले निर्देशन अनुसार काम नगरेको भन्दै प्राधिकरणले स्पष्टीकरण सोध्दै चित्तबुझ्दो जवाफ नआएको भन्दै कारवाही गरेको छ ।

प्राधिकरणको यही पुस छ गते बसेको सञ्चालक समितीको बैठकले निर्णय गरी तीन वटा निर्जीवन बीमा कम्पनीहरुलाई कारवाही गरेको हो । प्राधिकरणका अनुसार कारवाहीमा पर्नेहरुमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । यि कम्पनीहरुलाई प्रति कम्पनी दुई लाख रुपैंयाँको दरमा नगद जरिवाना गरिएको प्राधिकरणको भनाई छ ।

स्थलगत निरीक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरूले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियतहरु देखिएपछि कारवाही गरिएको प्राधिकरणको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?