एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आर्सनल विजयी भएको छ ।
सोमवार राति सम्पन्न भएको ३३ औँ चरणको खेलमा आर्सनलले १० औँ स्थानमा रहेको वाटफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ ।
आर्सनलका लागि एम्रिक अमुमियाङले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले खेलको १० औँ मिनेटमा गोल गरेका थिए । ११ औँ मिनेटमा ट्रोय डेनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वाट्फोड १० खेलाडीमा सिमित भएको थियो ।
निर्धारित समयसम्म वाट्फोर्डले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा १—० को हार बेहो-र्यो । जितपछि ६६ अंक बनाएको आर्सनलले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।
त्यस्तै लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको ८५ अंक छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ८३ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया