यू-१९ विश्वकप छनोट : नेपालद्वारा ओमनसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको खेलमा नेपालले ओमनसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४३ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ७५ रन जोडेका थिए । छनोटको दोस्रो स्थानमा रहेको नेपालले ३ खेलबाट ४ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?