माछापुच्छ्रे बैंकद्धारा अन्नपुर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता

लोकपथ
63
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपुर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

स्थानिय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा जानकारी प्रदान गरिएको थियो ।

सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरु बीच अन्र्तकृया कार्यक्रम समेत संचालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने QR, POS, NFC सेवाको महत्व बारे अवगत गराईएको थियो । अन्नपुर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?