पश्चिमी वायुको आंशिक प्रभाव : पहाड र हमालमा हिमपातको सम्भावना

लोकपथ
119
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपात तथा तराईका केही भू–भागमा हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?