अमेरिकी विदेशमन्त्री चौंथोपटक इजरायलमा

लोकपथ
56
Shares

काठमाडौं । इरानमा बुधबार भएका दुई बम विस्फोटमा करिब १०० जनाको मृत्यु भएपछि इजरायल–हमास युद्ध चर्किने खतरा देखिएको छ ।
तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । आफ्नो भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्रीले अन्य धेरै अरब देशको पनि भ्रमण गर्न सक्नेछन् । इजरायल–हमास युद्ध सुरु भएयता एन्टोनी ब्लिन्केनको यो चौथो इजरायल भ्रमण हो ।

बम विष्फोटपछि इरान र हमासले इजरायल र अमेरिकालाई दोष लगाएका छन् । तर, अमेरिकाले यी आरोपलाई अस्वीकार गर्दै आएको छ । हालै बेरुतमा हमासका एक शीर्ष कमाण्डर पनि मारिएका छन् । यसको पछाडि इजरायलको हात रहेको बताइएको छ ।इजरायलले लेबनानको सीमामा रहेको हिजबुल्लाहको स्थानमा लगातार बम प्रहार गरिरहेको छ । यही कारणले गर्दा पश्चिम एसियामा इजरायल–हमास युद्ध ठूलो मात्रामा फैलिने खतरा छ ।

अमेरिकाले यो खतरा बुझेको छ, त्यसैले अमेरिकी विदेशमन्त्रीले तुरुन्तै इजरायल र अन्य अरब देशको भ्रमण गरिरहेका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने, ‘युद्ध चर्किनु कसैको हितमा छैन । यो न त कुनै देशको हितमा छ, न कुनै क्षेत्रको हितमा, न विश्वको कुनै देशको हितमा ।

एन्टोनी ब्लिन्केनले टर्की, ग्रीस, जोर्डन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इजरायल र वेस्ट बैंक र इजिप्टको भ्रमण गर्ने छन् । ब्लिन्केनले युद्धको स्थितिका बारेमा पनि छलफल गर्न सक्छन् । उनले गाजामा राहत सामग्री पु¥याउने व्यवस्थाको पनि अनुगमन गर्न सक्नेछन् । इजरायलका रक्षामन्त्री याभ गालान्टले सबै बन्धकहरूलाई मुक्त नगरेसम्म उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति नदिइने बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?