काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत १६ औँ राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन त्रिभुवन आर्मी क्लबले मिक्स टिम इभेन्टमा स्वर्ण पदक जितेको छ ।
नेपाल प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए । एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्कोरअन्तरका आधारमा आर्मी अगाडि रह्यो ।
आर्मीबाट पुरुषमा जंगबहादुर सारु, पवन श्रेष्ठ र शिव बराम तथा महिलामा सुमित्रा राई, निर्मला घर्ती मगर र पुनम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा सन्जित डंगोल, श्रीराम मकाजु र रविन श्रेष्ठ तथा महिलामा मनीता श्रेष्ठ प्रधान, भावना घर्ती मगर र निशा चौधरीले खेलेका थिए ।
प्रहरी च्याम्पियन बन्यो । १५ स्वर्णका लागि भएको प्रतिस्पर्धामा प्रहरीले ७ स्वर्ण, ५ रजत र ३ कास्य पदक जित्यो । दोश्रो भएको आर्मीले ६ स्वर्ण, ४ रजत ४ कास्य हात पदक हात पा-यो । १ स्वर्ण, ३ रजत र ४ कास्यका साथ प्रदेश ५ तेश्रो भयो । बाँकी १ स्वर्ण एपीएफले हात पा-यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया