कबड्डीको फाइनलमा आर्मी र प्रदेश ५ भिड्दै

बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी र प्रदेश ५ उपाधिका लागि भिड्ने भएका छन् । 

बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको सेमिफाइनलमा आर्मीले गण्डकीलाई ३८–२१ तथा प्रदेश ५ ले एपीएफलाई ३५–२८ ले पराजित गरे ।

महिलामा आर्मी र प्रहरी फाइनलमा पुगे । आर्मीले सुदूरपश्चिम प्रदेशलाई ४९–१७ तथा प्रहरीले प्रदेश ५ लाई ३४–२४ ले हराए । फाइनल खेल आज ‘बुधवार’ हुनेछ ।

यता राष्ट्रिय बुद्धिचालको महिलामा सुजना लोहनीले स्वर्ण पदक जितेकी छन् । एक खेल अगावै सुजनाले स्वर्ण पक्का गरेकी हुन् । सुजनाले नवौं चरणको खेल खेल्न बाँकी छ । अन्य पदकको भने टुंगो लाग्न बाँकी छ ।

खुल्लामा आठौँ चरणको खेल सकिँदा प्रहरीका पुरुषोत्तम चौलागाईं, आर्मीका सचिन महर्जन र प्रहरीका मनीष हमालले समान ६.५–६.५ अंक जोडेका छन् । प्रहरीका प्रहरीका मदनकृष्ण कायश्थको ६ अंक छ ।

त्यस्तै फुल कन्ट्याक्ट कराँते प्रतियोगिता भने शुरु भएको छ । प्रतियोगितामा पुरुषमा ६ र महिलामा ४ गरी १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै तौलसमूहमा सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगितामा ५४ पुरुष र ३६ महिला खेलाडी सहभागी छन् । सेमिफाइनल र फाइनल बुधवार हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?