काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका ३ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार दिउँसो गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखरामा ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
जसमा अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचन, अन्य क्लस्टरबाट स्याङ्जाका चक्रबहादुर पराजुली र महिला क्लस्टरबाट गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको मिति तोकिएको छ । जस अनसार सात वटै प्रदेशमा मनोनयन जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया