काठमाडौं । १० प्रतिशत सिटिजन्स बैंक डिवेञ्चर २०९० नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचीकृत भएको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बीच १० वर्ष अवधि तथा १० प्रतिशत वार्षिक व्याजदर भएको १० प्रतिशत सिटिजन्स बैंक डिवेञ्चर २०९० डिबेन्चर÷ऋणपत्रको कूल ३० लाख कित्ताको सुचिकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
जस अनुसार क्रम संख्या एक देखि ३० लाखसम्मको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैंयाँ रहेको छ ।
कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत खुल्ला विक्री आव्हान गरेको थियो ।
यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८०/०९/०१ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएकोे हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया