काठमाडौं । बलिउडमा आफ्नो बेग्लै छवि बनाएका अभिनेता मनोज बाजयेपी । विगत ३० वर्षदेखि यस क्षेत्रमा रहेका छन् ।
उनका फ्यानबेस पनि छुट्ट्रै खालको छ । ‘सत्या’ र ‘शूल’ चलचित्रबाट सुरु भएको उनको फिल्मी दुनियाँको यात्रा आज ‘सिर्फ एक बन्दा काफि हे’ र ‘जोरम’ जस्तो चर्चित चलचित्र सम्म आइपुगेको छ । चलचित्रमा जस्तै उनको प्रेम काहानी पनि गजबको रहेको छ । उनकी पत्नी शबाना रजाले विधु विनोद चोपडाको फिल्म ‘करिब’ बाट बलिउड सिनेमामा कदम राखेकि थिइन् । मनोज भन्छन् ‘शबानासँग विवाह गर्दा उनका बुवा खुसी थिए’।
चलचित्रका बिन्दास पात्रहरुमा जस्तै मनोज बाजपेयी आफ्नो व्यक्तिगत जीवनमा पनि त्यति नै बिन्दास छन् । ब्राहमण परिवारका भए पनि उनले आफ्नो माशाहारी खाना प्रतिको प्रेमलाई ‘अमर उजाला’को इन्टरब्यूमा खुलेर बोलेका छन् ।
उनले आफ्नो बुवासँग मटन बनाउने तरिका सिकेका थिए । त्यो तरिकालाई उनले आफ्नो साथीहरुलाई खाना बनाउँदा प्रयोग गर्ने गर्थे । इन्टरब्यूको क्रममा उनले आफ्नो विवाहको बारेमा पनि खुलेर बताएका छन् । मनोज बाजपेयीकासँग उनको अन्तरधार्मिक विवाहको संघर्षको बारेमा सोधिएको प्रश्नमा उनले भने, उनका आमाबुवा खुल्ला विचारका भएकाले उनले केहि समस्या नभएको बताए । उनी भन्छन् ‘सबै भन्दा पहिला दुईजनाले आफ्नो जीवनसँगै बिताउनुपर्छ, जो समझदार छ ऊ उनीहरुको बिचमा आउँदैन जो समझदार छैन उसलाई भगवानले पनि मद्दत गर्न सक्दैनन् ।’
शबानाको परिवार समाजमा परिचित रहेको र उनीहरुले अन्तरधार्मिक विवाहको क्रममा कुनै अप्ठ्यारो भोग्नु नपरेको भन्दै मनोज बाजपेयीले आफ्नो विचार यो भन्दा पहिले पनि राखेका थिए । धार्मिक विचार फरक भए पनि आफ्नो यो सम्बन्धलाई सजिलै स्वीकार गरेकोमा शबानाको परिवारलाई आभार पनि व्यक्त गरेका थिए ।
आफ्नो परिवारको प्रगतिशिल मानसिकता र विवाहप्रतिको सकारात्मक दृष्टिकोणको प्रशंसा गर्दै मनोज भन्छन् ,‘म एक कट्टर हिन्दू हुँ र उनी कट्टर मुसलमान हुन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया