काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आईतबार पुन: १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
माघ दुई गते मंगलबार जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्ने छन् ।
बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब र ९१ दिने अवधिको सात अर्ब ७० करोड रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि क्रमशः २०८० फागुन एक गते र २०८१ बैशाख चार गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार यि सबै ट्रेजरी बिलहरु पुरानो नविकरण अन्र्तगतका हुन ।
गत साता अर्थात यही पुस २३ गते पनि राष्ट्र बैकले १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया