काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गरेको छ । राष्ट्र बैैंकले बिहिबार बैंकिङ बिभाग लगायतका सम्पुर्ण प्रादेशिक कार्यालयहरु, बिदेशी बिनिमय कारोबार गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु र बिदेशी बिनिमय कारोबार गर्न अनुमतीपत्र प्राप्त सम्पुर्ण निकायहरुमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
संशोधित परिपत्रको धरौटी सम्बन्धी व्यवस्था अन्र्तत वस्तु आयात (भारतबाट समेत) प्रतीतपत्रमा बैंकहरूले आयातकर्ताबाट धरौटी लिँदा आयातकर्ताबाट सोभैm नगद जम्मा लिएर धरौटी लिन सक्ने छन् । यसबाहेक आयातकर्ताको निक्षेप खाता/ओभर ड्राफ्ट खाता खर्च गरी वा ओभर ड्राफ्ट लिमिट एयर मार्क गरी, नेपाल सरकारबाट जारी भएका राष्ट्रिय बचतपत्र, राष्ट्र ऋणपत्र र ट्रेजरी बिल जस्ता उपकरणहरू धितो राखेर, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको मान्य हुने ऋणपत्र तथा वण्ड र त्यस्ता संस्थाहरूको मुद्दती रसिद धितो राखेर समेत धरौटी लिन सकिने छ । यसरी लिइने धरौटी रकम बैंकहरूले प्रतीतपत्र खोल्दा लिने गरेको सुरक्षण मार्जिनको अतिरिक्त हुने परिपत्रमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार काठमाडौ उपत्यकास्थित प्रतीतपत्र कारोबार गर्ने बैंकका केन्द्रीय कार्यालय लगायत सबै शाखा कार्यालयहरूले नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा खोलिएका ति बैंकहरूको केन्द्रीय कार्यालयको मुख्य खाताबाट प्रतीतपत्रको धरौटी सम्बन्धी कारोबार गर्नु पर्नेछ ।
काठमाडांै उपत्यका बाहिरका बैंक शाखा/कार्यालयहरूले आ–आफ्नो क्षेत्रस्थित राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरूमा खोलेका मुख्य खाताबाटै प्रतीतपत्रको धरौटी सम्बन्धी कारोबार गर्नु पर्नेछ । परिपत्र अनुसार प्रतीतपत्र कारोबार गर्ने बैंकका कार्यालयहरूलाई आधिकारिक मागका आधारमा राष्ट्र बैंकको सम्बन्धित कार्यालयबाट छुट्टाछुट्टै चेकबुक उपलव्ध गराइने छ ।
प्रतीतपत्र खोल्ने बैंकको शाखा कार्यालयबाट जारी भइसकेको वि.वि.नि.फा.नं. ४/४(ग) निर्धारित समयभित्र फिर्ता आए/नआएको र धरौटी बापत जारी चेकहरू भुक्तानी भए/नभएको बारेसम्बन्धित कार्यालयले नियमित रूपले अनुगमन गर्नु पर्नेछ । चेक जारी भएको मितिले बढीमा ९० दिनभित्र पनि कुनै चेकको भुक्तानी नभएको देखिन आएमा त्यस्ता चेक सम्बन्धी सम्पूर्ण विवरण उक्त ९० अथवा एक सय २० दिनको म्याद समाप्त भए पश्चात् आउने महिनाको पहिलो सात दिनभित्र यस विभागलाई जानकारी गराउनु पर्नेछ । यस सम्बन्धी तोकिएका कुनै फाराम निर्धारित समयभित्र नआएमा सोको जानकारी समेत यस विभागलाई दिनु पर्ने परिपत्रमा उल्लेख छ ।
रासायनिक मलको आयातमा निजी क्षेत्रलाई समेत सहभागिता गराउने व्यवस्था भएकोले सो प्रयोजनको लागि रासायनिक मलको स्पेसिफिकेशन अनुसार आयात प्रतीतपत्र खोल्नुपर्नेछ र सो प्रतीतपत्रको एक प्रति नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाउनु पर्नेछ । कुनै आयातकर्ताले प्रतीतपत्र मार्पmत रासायनिक मल आयात गर्न चाहेमा सम्बन्धित बैंक आपैmले प्रचलित व्यवस्था अन्तर्गत रही प्रतीतपत्र खोल्न सक्नेछ ।
रासायनिक मलको आयात मूल्यको दुई प्रतिशतले हुने रकम बराबरको नगद वा बचतपत्र वा विकास ऋणपत्र वा सम्बन्धित बैंकलाई मान्य हुने सुरक्षणपत्र धरौटीको रूपमा राखी प्रतीतपत्र खोल्न सकिनेछ । राष्ट्र बैंकका अनुसार माथि खण्ड (ङ) मा उल्लिखित दुई प्रतिशत र खण्ड (च) मा उल्लिखित १० प्रतिशत धरौटी सम्बन्धी व्यवस्था रासायनिक मल आयातको हकमा लागू हुने छैन ।
रासायनिक मलको आयात प्रतीतपत्र खोलिसकेपछि प्रतीतपत्र रकम बराबरको मल आयात नभएमा सम्बन्धित बैंकले धरौटी रोक्का गरी सात कार्य दिनभित्र राष्ट्र बैंकको बिदेशी विनिमय विभागलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्नेछ ।
साथै, त्यस्तो रोक्का रहेको धरौटी रकम फुकुवा गर्न निवेदकबाट निवेदन प्राप्त भएमा प्रचलित व्यवस्था बमोजिम प्रतीतपत्र राफसाफ गरी तथा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिस समेतको आधारमा फुकुवा गर्न सकिनेछ । बैंक ग्यारेन्टीको आधारमा रासायनिक मल आयात गर्नुपरेमा भने राष्ट्र बैंकको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया