पुरानो वर्षलाई स्मृतीपटलमा राखेर
प्रत्येक वर्ष नयाँ हर्ष उमंग
सम्भावना र नयाँ आयामहरु लिएर आऊ ।
विगतमा कोरीएका गोरेटाहरु पछ्याउँदै
शान्ति, सम्वृद्धि, नैतिकता
सुशासन, अनुसासन, नैतिकता र इमान्दारीता लिएर आऊ।
नयाँ वर्ष २०७६ ।
यसपालिको तिम्रो आगमन शंकास्पद छ
पोहोर सालको तिम्रो आगमन
३३ किलो सुन, हत्या बलात्कार भएर आएको थियो ।
३३ किलो सुन पचाएको थियो ।
धेरैको जागिर र निद खाएको थियो ।
सुन सजिलै पचाएको थियो
कञ्चनपुरमा अवोध बालिकाको अस्मीता लुटेको थियो ।
फक्रनै नपाई पोपिलामा नै जिवन निमोठेको थियो ।
धर्म, संस्कार र संस्कृति माथि धावा बोल्दै
पवित्र सोमरस बनेर आएको थियौँ ।
यसैको बाहनामा डलर, यूरा, युवान पचाएका थियौँ
शैक्षिक माफियाहरुलाई पोस्ने गरी ।
चिकित्सा शास्त्र विधेयक बनेर आयौँ ।
त्यो सेलाउन नवपाउँदै ुवाइडबडी काण्ड भएर आयौँ ।
तिमीले होनहार युवा मन्त्रीसहित ७ जना पनि आयौँ ।
तिम्रो उमेरको उत्तरार्धमा विखण्डनको विय पनि रौप्यौँ ।
सरकारी जग्गा पचायौँ ।
गर्न त धेरै खोजेको थ्यिौ । तर, आयू सकिएकोले विगत भएर गयौँ ।
प्रभु रिझाउन तिमीले के गरेनौँ ।
पवित्र सोमरस पिएनौ कि ।
विखण्डनकारीलाई बैधता लिएनौ कि ?
विदेशीलाई नागरीता बाँडने जमर्को गरेनौँ ?
त्यसैले तिम्रो यो आगमन शंकाास्पद छ ।
सन्देहको घेरामा छ ।
पोहर त तिमी बाटो बिराएर आयौँ ।
तिम्रो सुरुवाति आगमनको संकेत नै राम्रो थिएन ।
यसपछि त टुडिखेल, सिंहदरवार, हरिहर भवन आएर नखाउ है ।
अनि आएर सिनाना, नदिनाला बेचेर भ्रष्ट, तस्करी माफिया लिएर न आऊ है ।
नत्र त छाउनी, सिंहदरबार संसद भवन, हरिहर भवन खान के बेर ?
तिमी हन्तकालिलाई
जति खाएपनि नअघाउने जे पनि पचाउन सक्न् पाचन प्रणाली छ तिम्रो
हिपोपोटाकसको जस्तो ।
तिमी त बेमान तानासाह लिएर
मुटु कलेजो सबै पराइलाई सुम्पीएर आउनृ हौ कि ?
तिम्रो त केही भरोषा छैन है ।
म त तिमीलाई आग्रह गर्छु ।
तिमी भोका, नांगा जताको पेटमा गाँस आंगमा कपास र बस्ने बास लिएर आऊ ।
मेलम्चिको पानी लिएर आऊ ।
लोडसेडिङ्ग हटाएर आऊ ।
मधेश, पहाड र हिमालमा
विकास, विश्वास, रोजगारी र सम्वृद्धि,
सदाचार अनुसासन र नैतिकता लिएर आऊ ।
शान्ति सुशासन र भातृत्व लिएर आऊ ।
बेरोजगारको मा रोजगार लिएर आऊ ।
खेतबारीमा हरियाली लिएर आऊ ।
राम्रा सम्भावना र सुशासनसहित आए तिमीलाई स्वागत छ
र हाई–हाई ।
नत्र अर्को वर्ष तिम्रो बाइ–बाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया