काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १३ औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको
नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको मैत्री हलमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा सम्पन्न भएको हो ।
साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै , लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्दै, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ । अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ्ग जिल्ला बीच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी–१ जलविद्युत परियोजनाक २०७६ आश्विन १६ गते देखि राष्ट्रिय ग्रीडमा विद्युत आपुर्ति गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया