प्रधानमन्त्री कपमा मधेश प्रदेशको विजयी सुरुवात

लोकपथ
154
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा मधेस प्रदेशले विजयी सुरुवात गरेको छ ।

मूलपानी मैदानमा भएको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछ्याएर मधेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।

मधेश प्रदेशलाई जिताउन अनिल साहले सर्वाधिक ८८ रनको योगदान गरे ।

यसैगरी कप्तान हरि शंकर साहले २४ रन बनाउँदा निरज यादव ९ तथा पवन शर्राफ २ रनमा नटआउट रहे । कोशीका लागि सोनु मण्डलले २ तथा सुजन थपलियाले १ विकेट हात पारे ।

टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४१ ओभरमा सबै विकेट गुमाएर जम्मा १२७ रन बनाएको थियो ।

कोशीका लागि फिर्दोश अन्सारीले ४१ तथा कप्तान अंकित सुवेदीले ४० रन बनाउँदा अरु कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

मधेशका प्रदीप पासवानले सर्वाधिक ३ विकेट लिँदा राजेश यादव, रञ्जित कुमार र पवन शर्राफले २–२ विकेट लिए । विशाल पटेलको नाउँमा १ विकेट रह्यो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?