महालक्ष्मी बिकास बैंकको कामु प्रमुख कार्यकारीमा लम्साल नियुक्त

लोकपथ
203
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा दिपेश लम्साल नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितीको शनिबार बसेको सञ्चालक समितीको बैठकले लम्साललाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पिएको हो ।

यसअघि उनी सोही बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहेका थिए । उनको कार्यकाल यही माघ एक गतेबाट सुरु हुने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले राजीनामा दिएपछि बैंकले लम्साललाई कामुको जिम्मेवारी दिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?