परालको कुन्यूबाट लडेर मृत्यु

लोकपथ
973
Shares

विराटनगर । पराल थन्क्याउन कुन्यू बनाउने क्रममा झापाको गौरादहमा एकजनाको मृत्यु भएको छ । आफ्नै घरनजिक परालको कुन्यू बनाउने क्रममा गौरादह–४ डोरामारीका ६३ वर्षीय कर्णबहादुर बस्नेतको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार अपराह्न लडेर सिकिस्त घाइते भएका बस्नेतलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो । त्यहीँ उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?