गभर्नरको नाम र तस्बिर प्रयोग गरि ह्वाट्स एपबाट संवाद गरेपछि…

लोकपथ
84
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र फोटा प्रयोग गरेर ह्वाट्स एप एकाउन्ट बनाएर विभिन्न व्यक्तिहरुसँग कुराकानी गरेको पाइएको छ ।

गभर्नर अधिकारीको नाम र फोटो प्रयोग गरेर अन्य व्यक्तिहरुसँग संवाद भएको भन्दै राष्ट्र बैंकले सजग रहन आग्रह गरेको छ ।

‘गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account त बनाएर विभिन्न व्यक्तिहरुसँग संवाद गरेको पाइएकाले यसप्रति सचेत रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणमा अनुरोध गरिन्छ ।’ जारी सूचनामा भनिएको छ ।

पछिल्लो समय ह्वाट्स एपबाट विभिन्न व्यक्तिहरुसँग पैसा पैसा माग्ने प्रवृत्ति बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?