मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

लोकपथ
273
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लागेको विभागले उल्लेख गरेको छ ।आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

सोमबार राती देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

गत चौविस घण्टामा सबैभन्दा धेरै चिसो जुम्लामा भएको छ । त्यहाँको तापक्रम घटेर माइनस ५ दशमलब २ डिग्रिमा झरेको छ। यस्तै काठमाडौंको तापक्रम पनि घटेर ५ दशमलव २,पोखराको ८ दशमलब २, डडेलधुरा ४ दशमलब ५ र धनगढीको तापक्रम ७ दशमलब २ डिग्रि सम्म पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?