काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको बिक्री आज ‘आइतवार’देखि शुरु भएको छ ।
सो संस्थाले एक करोड ६१ लाख ७७ हजार ८ सय बराबरको एक लाख ६१ हजार ७ सय ७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कूल जारी पूँजीको ३२ दशमलब ५ प्रतिशत साधारण शेयर बिक्री गर्न लागिएको बताइएको छ ।
साधारण शेयर बिक्री बन्द छिटोमा यही वैशाख ११ गते र ढिलोमा आगामी जेठ ६ गते हुने छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
सो संस्थाको साधारण शेयरमा न्यूनतम १० देखि अधिकतम ८ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया