वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गर्दै

काठमाडौं । वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । 

शनिवार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो । सो बैंकले चैतमसान्तस्म्मएक अर्ब ६ करोड ९६ लाख एक हजार बराबरको खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै आज ‘आइतवार’ माछापुच्छ्रे बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरणअनुसार नाफा बढेर एक अर्ब २४ करोड ८ लाख १८ हजार ३ सय २९ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ८५ करोड ४० लाख ५२ हजार १ सय २१ थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९ दशमलब ९८ प्रतिशतले वृद्धि भई  दुई अर्ब ६० करोड १६ लाख ९६ हजार ८ सय ५६ पुगेकोे छ । आठ अर्ब ५ करोड ५६ लाख ९३ हजार चुक्ता पूँजी भएको बैंकले ८१ अर्ब १६ करोड ३१ लाख ६० हजार निक्षेप सङ्कलन गरेको छ ।

त्यस्तै बैंकले ७४ अर्ब ९८ करोड ४० लाख ऋण लगानी गरेको पाइएको छ । विवरणअनुसार बैंकको खराब कर्जा भने गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको छ । हाल खराब कर्जाको मात्रा ० दशमलब ४८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ० दशमलब ३५ प्रतिशत थियो । बैंकको प्रति शेयर नेटवर्थ भने १ सय ३३ रुपैयाँ ९१ पैसा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?