फाईनान्स कम्पनीहरुमा वित्तीय जोखिम बढ्यो, खराब कर्जा बढ्दा निक्षेपकर्ताहरु शसंकित

लोकपथ
238
Shares

काठमाडौं । फाईनान्स कम्पनीहरुमा वित्तीय जोखिम बढेको छ । कर्जा असुलीमा समस्या देखिदा खराब कर्जाको मात्रा निरन्तर बढेकाले पनि फाईनान्स कम्पनीहरुमा वित्तीय जोखिम बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०८०/०८१ को पछिल्लो पाँच महिनामा फाईनान्स कम्पनीहरुमा औषत खराब कर्जा बढेर आठ दशमलव ३७ प्रतिशत पुगेको छ । यस अवधिमा फाईनान्स कम्पनीहरुले कुल एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा उक्त अनुपातमा कर्जा खराब देखिएको हो ।

यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ८७ प्रतिशतले बढी हो । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले एक खर्ब छ अर्ब छ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ९७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा छ दशमलव ९९ प्रतिशत कर्जा खराब देखिएको थियो ।

पछिल्लो समय मुलुकको सिंगो अर्थतन्त्रमा केही समस्या देखिंदा फाईनान्स कम्पनीहरुको कर्जा असुलीमा पनि समस्या देखिएको हो । आर्थिक मन्दीकाकारण सबै किसिमका ग्राहकहरुको आर्थिक अवस्था खस्किुनले पनि फाईनान्स कम्पनीहरुमा खराब कर्जा बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?