भैरहवा । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत तेक्वान्दोमा पनि बिभागिय टिमकै दबदबा कायम रहेको छ ।
भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाईरिंग बिधामा ८ स्वर्ण पदकको टुंगो लागेकोमा जसमा आर्मी क्लबले ४, नेपाल पुलिस र एपिएफ क्लबले समान २-२ स्वर्ण पदक जितेका छन् । पुरुष ६३ केजि मुनिमा नेपाल पुलिसका बिर बहादर महराले स्वर्ण, नेपाली सेनाका मोहन तामाङले रजत र प्रदेश २ का जेकी यादब र कर्णाली प्रदेशका दिपक शाहीले कास्य पदक जितेका छन् ।
त्यसै गरी पुरुषकै ७४ केजि तौल मुनि नेपाली सेनाका निशान श्रेष्ठले स्वर्ण, एपिएफका निरज देउजाले रजत र पुलिसका निश्चल मान श्रेष्ठ र प्रदेश १ का नेत्र बहादुर कार्कीले कास्य प्राप्त गरेका छन् ।
पुरुष ८७ केजि तौल मुनि नेपाल आर्मीका भुपेन श्रेष्ठले स्वर्ण, नेपाल पुलिसका दिनेश हमालले रजत र सुदुरपश्चिम प्रदेशका ओमजंग सिंह र प्रदेश २ का अमित कुमार सिंहले कास्य पदक जितेका छन् ।
त्यस्तै पुरुषकै ८० केजि तौल समुह मुनि नेपाली सेनाका सक्षम कार्कीले स्वर्ण, एपिएफका सक्षम कार्किले रजत र नेपाल पुलिसका किरण सितेकु र प्रदेश ३का बिष्णु तामाङले कास्य पदक प्राप्त गरेका छन् ।
त्यस्तै गरी महिलातर्फ ५७ केजि तैल समुह मुनि एपिएफकी गिता बिष्टले स्वर्ण, नेपाल पुलिसकी सुष्मा श्रेष्ठले रजत र प्रदेश ३की सुस्मिता मोक्तान र प्रदेश २की सुभेक्षा राईले कास्य पदक जितेका छन् ।
त्यस्सै गरी महिलाकै ६२ केजि तौल मुनि एपिएफकी संगिता बश्यालले स्वर्ण, प्रदेश २ की सिवानी श्रेष्ठले रजत र नेपाली सेनाकी मुस्कान कार्कि र नेपाल पुलिसकी कंचन थापाले कास्य पदक जितेका छन् ।
६७ केजि मुनितर्फ आर्मीकी नम्रता तुलाधरले स्वर्ण, पुलिसकी सिता तामाङले रजत र प्रदेश ५ की रामरती थारु र गण्डकी प्रदेशकी ममता गरबुजाले कास्य पदक प्राप्त गरेका छन् ।
त्यसै गरी महिलाकै ७३ केजि तौल मुनिमा नेपाल पुलीसकी सुमित्रा केसीले स्वर्ण, एपिएफकी अप्सरा कार्किले रजत, र कर्णाली प्रदेशकी ईला केसी एबं नेपाली सेनाकी प्रतिज्ञा भण्डारीले कास्य पदक जितेका छन् ।
भैरहवास्थित ब्याडमिन्टन कभर्डहलमा सञ्चालन भैरहेको प्रतियोगिताको स्पाईरींग बिधाका बाकी खेलहरु र समापन आज ‘सोमवार’ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया