एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड विजयी भएको छ ।
आइतवार राति सम्पन्न भएको ३३ औँ चरणको खेलमा रियल म्याड्रिडले एथ्लेटिको बिल्बाओलाई ३-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडका लागि करिम बेन्जिमाले ह्याट्रिक गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए । करिमले तीन गोल दोस्रो हाफमा गरेका थिए । उनले खेलको ४७ औँ, ७६ औँ र ९० औँ मिनेटमा तीन गोल गरेका थिए ।
यो जितसँगै रियल म्याड्रिड ३३ खेलबाट ६४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७७ अंक छ ।
त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा भिल्लारियलले लेगानेसलार्ई २-१ गोल अन्तरले, भ्यालेन्सियाले रियल बेटिसलाई २-१ गोल अन्तरले तथा गेटाफेले सेभिल्लालाई ३-० गोल अन्तरले पराजित ग-यो ।
यता लेभान्ते र इस्पानियोलबीचको खेल भने दुई-दुई गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया