आगामी फागुन ११ गतेबाट ‘केपी ओली कप–२०८०’ हुँदै

लोकपथ
126
Shares

काठमाडौं । आगामी फागुन ११ गतेबाट ‘केपी ओली कप–२०८०’ हुने भएको छ ।

राष्ट्रिय युवा संघले आज पत्रकार सम्मेलन गर्दै आगमी फागुन ११ गते उद्घाटन भइ १९ गतेसम्म केपी ओली कप चल्ने जानकारी दिएको हो ।

फाइनल बाहेकका प्रतियोगिताहरु अखिल नेपाल फुटबल संघ (एन्फा) टेक्निकल सेन्टर च्यासलमा हुनेछन् भने फाइनल खेल दशरथ रंगशाला त्रिपुरेश्वर काठमाडौंमा हुनेछ । खेलमा नेपालको ‘ए डिभिजन’ तथा विदेशी टीमलाई समेत सहभागि गराइनेछ । प्रतियोगिताको प्रथम हुनेलाई ११ लाख, द्वितिय हुनेलाई ५ लाख नगदसहित ट्रफी, प्रमाणपत्र मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । भने अन्य उत्कृष्ट खेलाडीहरुलाई एक लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उत्कृष्ट गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदयमान खेलाडीलाई ५० हजार, म्यान अफ द म्याचलाई १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिनेछ । तयसैगरी हरेक खेल विजेता टीमलाई २५ हजार नगद प्रदान गरिनेछ ।

आज पत्रकार सम्मेलन गरी प्रतियोगिताका लागि खुला आह्वान गरिएको छ । सोही अनुसार टिम छनोट हुने जानकारी गराइएको छ ।

कार्यक्रममा नेपालका क्यातिप्रति कलाकारहरुको समेत जोडदार प्रस्तुती रहनेछ । उद्घाटन र फाइनल खेलमा विशिष्ठ व्यक्तिहरुलाई समेत बोलाइने आयोजकले जनाएको छ । साथै खेल अवधिभर विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?