प्याराग्लाईडिङमा आर्मी च्याम्पियन

पोखरा । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा सम्पन्न प्याराग्लाइडिङमा आर्मी क्लब टिम च्याम्पियन भएको छ ।

प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गरि च्याम्पियन बनेको हो । त्यसै गरि गण्डकी प्रदेश २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने प्रदेश नं १ एक रजत र १ काश्य पदकका साथ तेश्रो र प्रदेश ३ एक काश्य पदकका साथ चौथो भयो । 

प्रतियोगितामा नेपाल आर्मीले एक्यूरेसीतर्फ पुरुष र महिला इन्डिभिजुअल, टिम एक्यूरेसी तथा पुरुष इन्डिभिजुअल क्रसकन्ट्रीमा गरि ४ स्वर्ण पदक हात पारेको हो । त्यसै गरि गण्डकी प्रदेश महिला इन्डिभिजुअल क्रसकन्ट्री र पुरुष  क्रसकन्ट्रीतर्फ २ स्वर्ण पदक हात पार्न सफल भयो । 

एक्यरेसी इन्डिभिजुअल पुरुषतर्फ ओभरअलमा १९ अंक बटुल्दै नेपाल आर्मीका सागर नेपालीले स्वर्ण पदक हात पारे भने नेपाल आर्मीकै ऋर्षी जलारी पोडेले २३ अंकका साथ रजत पदकमा चित्त बुझाए । गण्डकीका अनिष भट्टराई ३३ अंक प्राप्त गर्दै काश्य पदक हात पारे ।

सोही इभेन्टको महिला तर्फ पनि नेपाल आर्मीकी दुर्गामाया गुरुङले ४ सय ७९ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पारिन । यसै गरि गण्डकीकी प्रतिभा भुजेलले ५ सय ४० अंकका साथ रजत र गण्डकीकै सबिता तामाङ ५ सय ७३ अंक बटुल्दै कास्य पदक हात पारिन ।

एक्यूरेसी टिम इभेन्टमा नेपाल आर्मी १७५ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पार्न सफ भएको छ भने प्रदेश नं १ ले १०१९ अंकका साथ रजत पदक हात पारेको छ । गण्डकी प्रदेश १३४५ अंक प्राप्त गरि काश्य पदकमा चित्त बुझाएको छ । 

यसै गरि क्रसकन्ट्री पुरुष इन्डिभिजुअलमा नेपाल आर्मीका सुरज थापाले ओभरअलमा २५९५ अंक बटुल्दै स्वर्ण पदक हात पारेका छन । नेपाल आर्मीकै बिशाल थापाले २५५० प्राप्त गरि रजत पदक हात पार्दा गण्डकीका आशिष थापाले २५४५ अंकका साथ रजत पदकमा चित्त बुझाएका छन् ।

क्रसकन्ट्री महिला इन्डिभिजुअल इभेन्टमा गण्डकीकी त्रिशा बमजनले ११३५ अंकका प्राप्त गर्दै स्वर्ण पदक हात पारेकी छन भने नेपाल आर्मीकी स्वस्तिका गुरुङ ६ सय ५७ अंक बटुल्दै रजत पदक हात पारिन । प्रदेश १ की सुष्मिता सुनुवार ३ सय ४५ अंकका सात तेश्रो हुँदै कास्य पदक पाइन । 

क्रसकन्ट्री पुरुष टिम इभेन्टमा गण्डकी प्रदेशले कुल ९५७६ अंक प्राप्त गरि स्वर्ण पदक हात पारेको छ । सोही इभेन्टमा नेपाल आर्मीले ९११४ अंक बटुल्दै रजत पदक हात पार्दा प्रदेश नं ३ ले ८४४७ अंक प्राप्त गरि कास्य पदक हात पारेको हो । 

यहि बैशाख ६ गते बाट पोखरामा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कास्य पदकका लागि १० महीला सहित पुरुष ४९ गरि कुल ५९ जना खेलाडी भिडेका थिए । प्रतियोगितामा पाँच प्रदेश सहित नेपाल आर्मीले सहभागिता जनाएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?