काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो त्रैमासको मुनाफा २ सय १४ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ ।
तेस्रो त्रैमासमा संस्थाले २ करोड १९ लाख रुपैयाँ कमाएको छ जुन गत वर्षको भन्दा २ सय १४ दशमलव १७ प्रतिशत बढी हो । गत वर्ष समेही अवधिमा संस्थाको मुनाफा जम्मा ६९ लाख रुपैयाँ मात्रै रहेको थियो ।
१४ करोड रुपैयाँ चुक्ता पुँजी भएको इन्फिनिटी लघुवित्तले निक्षेपमा ४५ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १ अर्ब ३४ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया