मैयादेवी मेमोरियल यु–१९ महिला क्रिकेट माघ १२ देखि

लोकपथ
63
Shares

बैतडी । मैयादेवी मेमोरियल यु–१९ महिला क्रिकेट माघ १२ देखि सुरु हुने भएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा उन्नाइस वर्षमुनिको  राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिता चितवनको गौतम बुद्ध क्रिकेट रंगशालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा  देशका ७ वटै प्रदेशका टोलीको सहभागीता रहने जनाइएको छ ।

सहभागी हुने ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा गण्डकी,सुदूरपश्चिम,कोशी र मधेश तथा समूह बी मा कर्णाली,बागमती र लुम्बिनी रहेका छन् ।

उद्घााटन खेलमा माघ १२ गते गण्डकी र सुदूरपश्चिम प्रदेश भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ ।

सन् २०२४ मा युएईमा  हुन गईरहेको  एसिया कप छनोट र सन २०२५ मा मलेसिया र थाइल्यान्डमा हुने विश्वकप लाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने नेपाल क्रिकेट संघले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?