काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा नटिङघम फरेस्टलाई ३–२ गोलको जित निकाल्न सफल भयो । तेस्रो मिनेटमै पछि परेको ब्रेन्टफोर्डले उत्कृष्ट पुनरागमन गर्न सफल भयो ।
तेस्रो मिनेटमा नटिङघमका लागि डानिलोले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको १९औं मिनेटमा इभान टोनीले बराबरी गोल फर्काएका थिए । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फरेष्टले एक गोल गर्दा ब्रेन्टफोर्डले दुई गोल गरेको हो ।
खेलका ५८ मिनेट बेन मि र ६८ औं मिनेट निल मौपेले ब्रेन्टफोर्डका लागि गोल गर्दा ६५औं मिनेटमा क्रिश वुडले फरेष्टका लागि गोल गरे ।
ब्रेनफोर्ड २० खेलबाट २२ अंकका साथ १४औं र नटिङघक फरेष्ट २१ खेलबाट २० अंकका साथ १६औं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया