काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा अल्मेरियासँग २ गोलले पछि परेको रियलले अन्ततः नतिजा ३–२ को साथ जित आफ्नो पक्षमा पार्न सफल भयो ।
घरेलु मैदानमा रियल खेल सुरु भएको पहिलो मिनेटमै पछि परेको थियो । अल्मेरियाका लार्जी रमजानीले गोल गेका थिए । ४३औं मिनेटमा एडगर गोन्जालेजले गोल गरेपछि अल्मेरियाले पहिला हाफमा २–० को अग्रता लिएको थियो ।
अल्मेरियका खेलाडीले रियल मड्रिडका जोसेलुलाई फल गरेपछि भारमार्फत पेनाल्टी दिइएको थियो । ५७औं मिनेटमा उक्त पेनाल्टीलाई जुड बेलिङघमले गोलमा परिणत गर्दै अन्तर कम गरेका थिए । ६७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै २–२ को बराबरीमा ल्याए ।
दोस्रो हाफको अतिरिक्त नवौं मिनेटमा डेनियल कार्भाजलले गोल गरेपछि अन्ततः रियल मड्रिड ३–२ को जित निकाल्न सफल भयो । जितसँगै रियल मड्रिड ५१ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अल्मेरिया भने पुच्छारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया