जिरोना ला–लिगा फुटबलको शीर्ष स्थानमा

लोकपथ
357
Shares

काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा जिरोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियामाथि ५–१ को जित निकाल्दै जिरोना शीर्ष स्थानमा फर्किएको हो । केही समय रियल मड्रिड शीर्ष स्थानमा रहेको थियो ।

जिरोनाले सेभियामाथि पुनरागमन जित निकाल्दा अर्टिम डोवबीकले ह्याट्रिक गरेका थिए । दशौं मिनेटमा सेभियाले अग्रता लिएको थियो । इसाक रोमेरोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, १३औं मिनेटमा जिरोनका लागि अर्टिमले बराबरी गोल गरे ।

१५औं मिनेटमा अर्टिमले दोस्रो तथा १९ औं मिनेटमा तेस्रो गोल गर्दै अर्टिमल ह्याट्रिककै पूरा गर्दा जिरोना ३–१ ले अघि बढेको थियो । अर्टिमले ह्याट्रिक पूरा गर्न जम्मा ६ मिनेट लगाए । ५६ औं मिनेटमा भिक्टरले गोल गर्दा जिरोना ४–१ ले अघि बढेको थियो भने ८९ औं मिनेटमा क्रिष्टियन रिकार्डोले गोल गर्दै ५–१ को शानदार जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा फर्किएको जिरोनाको २१ खेलबाट ५२ अंक रहेको छ । पराजित भएको सेभिल्ला १६ अंकका साथ तालिकाको १७ औं स्थानमा छ । यसैगरी दोस्रो स्थानमा रहेको रियल मड्रिड जिरोनाभन्दा १ अंकले पछि छ । तर उसले एक खेल कम पनि खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?