५३ तोला चाँदीसहित २ जना पक्राउ

लोकपथ
21
Shares

‍‍‍‍‍‍‍‍‍‍‍‍‍बारा । ५३ तोला चाँदीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट करिब १ लाख १३ हजार १सय ७० रूपैयाँ मूल्य बराबरको ५३ तोला चाँदीका विभिन्न गरगहनासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानरपालिका-५ बस्ने ३५ वर्षीय गुजराज बिक रईटहरी नगरपालिका-३ बस्ने २४ वर्षीय बद्री बिक रहेका छन् । प्रहरी चौकी पथलैयाबाटखटिएको प्रहरीले वीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको बा.प्र.०२.०२७ प १८५१ नम्बरकोस्कुटरलाई जाँच गर्ने क्रममा फर्जी विल भएको उक्त गरगहनासहित फेला पारी स्कुटरमा सवारउनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट चाँदीको लकेट २२ थान, औंठी ३३ थान,मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान बरामद भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?