पाकिस्तानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

लोकपथ
322
Shares
EAST LONDON, SOUTH AFRICA – JANUARY 21: Subash Bhandari of Nepal plays a shot during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 match between New Zealand and Nepal at Buffalo Park on January 21, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा नेपाली क्रिकेट टोलीका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित नेपाल आज पाकिस्तानलाई पराजित सुपर सिक्समा प्रवेश गर्ने सम्भावनालाई कायमै राख्ने पक्षमा हुने छ । उता पाकिस्तान पनि लगातार दोस्रो जितको खोजिमा हुने छ ।

न्युजिल्याण्डविरुद्ध खेलेको नेपाली टोलीमा ३ जना परिवर्तन गरिएको छ । न्युजिल्याण्डविरुद्ध खेलेका दुई जना दीपक बोहोरा र तिलकराज भण्डारीलाई बेञ्चमा राखिएको छ ।

उनीहरुको ठाउँमा विपिन रावल, दीप्क डुम्रे र दुर्गेश गुप्ताले प्लेयिङ सेटमा मौका पाएका छन् ।

यस्तो छ नेपालको प्लेइङ ११ः

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तमरंगु थापा मगर, विपिन रावल (विकेटकिपर) र आकाश चन्द ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?