लक्ष्मी सनराईज क्यापिटल र पुवा खोला वान हाईड्रोबीच सम्झौता

लोकपथ
182
Shares

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटल लिमिटेड (एल एस क्यापिटल) र पुवाखोला–वान हाइड्रोपावर लिमिटेडबिच सम्झौंता भएको छ ।

कम्पनीका अनुसार हाईड्रोपावरले एक सय रुपैंयाँ अंकित दरका १९ लाख ४६ हजार चार सय ६० कित्ता साधारण सेयर निष्काशन गर्नको लागि एलएस क्यापिटललाई बिक्री प्रर्वन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौता पत्रमा पुवाखोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलबिद्युत आयोजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?