मुम्बई । सन् २०२१ को नोभेम्बरमा अभिनेत्री सामन्था रुथ प्रभुले आफू एक इण्डो–ब्रिटिस प्रोजेक्टका लागि ‘डाउनटन एबे’का निर्देशक फिलिप जोनको फिल्म ‘चेन्नई स्टोरी’मा काम गर्न गइरहेको बताएकी थिइन् ।
तर अहिले आएर फिल्ममा सामन्थाले अभिनय नगर्ने भएकी छन् । उनको स्थानमा अर्की अभिनेत्री श्रुति हासन भित्रिएकी छन् ।फिल्ममा श्रुतिका साथ भारतीय मूलका इङ्ग्लिस अभिनेता विवेक कालराको पनि अभिनय हुनेछ । फिल्ममा एक तमिल महिलाको भूमिकामा देखिन लागेकी सामन्थाले केही समय अभिनयबाट ब्रेक लिने निर्णय लिएपछि निर्माण पक्षले उनको स्थानमा श्रुतिलाई अनुबन्ध गरेको हो ।
फिल्मको कथा वेल्समेन अर्थात् विवेक कालराको वरपर घुम्नेछ । जो आफ्नो पिता खोज्नका लागि चेन्नई आउँछन् । फिल्ममा श्रुतिले जासुसको भूमिकामा अभिनय गर्नेछिन् । उनले विवेकको पिता खोज्न मद्दत गर्छिन् । फिल्ममा केविन हार्ट, विन्सेन्ट डिआनफ्रियो, जीन रेनो, सेम वर्थिङ्टनको पनि अभिनय हुनेछ । फिल्मको छायांकन चेन्नई र कार्डिफमा हुनेछ ।अभिनेत्री श्रुति यसअघि फिल्म ‘सालारः पार्ट १–सिजफायर’ मा देखिएकी थिइन् । यो फिल्मले विश्वव्यापी रुपमा ५ सय २० करोड बढी कलेक्सन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया