काठमाडौं । बलिउडका चर्चित निर्माता सन्जय लिला भन्सालीले ‘लभ एन्ड वार’ चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।
उनको यस चलचित्रमा रणवीर कपूर र आलिया भट्ट मुख्य भूमिकामा देखिने भएका छन् । यो भन्दा पहिले चलचित्र ब्रह्मास्त्रमा उनीहरुले सँगै काम गरिसकेका छन् ।
यो चलचित्र मार्फत उनीहरु दोस्रो पटक पनि सँगै देखिने भएका छन् । निर्माता भन्सालीसँग भने यो जोडिको पहिलो चलचित्र हो । यस बाहेक विक्की कौशल पनि चलचित्रमा देखिने भएका छन् । भन्सालीको यो घोषणापछि रणवीरकी आमा नितू कपूर निकै खुसी भएकी छिन् ।
भन्सालीले यस्तो घोषणा गरेपछि नितू कपूरले सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनले पोस्टमा राहा (रणवीर र आलियाकी छोरी) का आमा बाबुले उनलाई सधैँ गर्व महसुस गराएको भन्दै उनलाई सधैभरी मनपर्ने निर्माता सन्जय भन्सालीसँग काम गर्ने लागेकोमा उनी अझै खुसी भएको बताएकी छिन् । साथै विक्की कौशलको अभियन हेर्न आफू पर्खिरहेको समेत बताएकी छिन् ।
रणवीर र सञ्जयबीच १७ वर्ष अघि चलचित्र सावरियामा काम गरेका थिए । उक्त फिल्म फ्लप भएपछि रणवीरले सञ्जयसँग दुरी बढाएका थिए । लामो समय काम नगरेपछि उनीहरुबीच दुस्मनी रहेको चर्चा चलिरहेका बेला पुनः एकै चलचित्रमा काम गर्न लागेपछि सबैले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया