लक्ष्मी सनराइज बैंकले नेपाली डिजिटल बैँकिङ्गको रूपान्तरण गर्दै

लोकपथ
154
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओेरेन्ज एनएक्सटीको थालनी गरेको छ । एफवान सफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको बैंकले जानकारी दिएको छ ।

यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ । ओेरेन्ज एनएक्सटीले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, ग्लोवल बेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्नेछ । ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउने छ ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत, अजय विक्रम शाहका अनुसार नेपालको डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा ओेरेन्ज एनएक्सटी कोशेढुङा साबित हुन सक्छ । परम्परागत मोबाईल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओेरेन्ज एनएक्सटी मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिनेछ ।

फोन एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले ओेरेन्ज एनएक्सटीको विकास गरिएको हो ।

परिकल्पनात्मक सोचबाट प्रेरित यस ओेरेन्ज एनएक्सटीले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनको विश्वास रहेको छ । यस अभुतपूर्व यात्रामा आफ्नो विशिष्ट फिन टेक दक्षताको माध्यमबाट ओेरेन्ज एनएक्सटीको सेवालाई थप उचाई दिने फोन एनएक्सटीको रणनैतिक सहभागिताको लक्ष्मी सनराइज बैकले सराह्ना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?