२० वर्षअघि भएको दुई जनाको हत्याका दोषीमध्ये एकजना पक्राउ

लोकपथ
3.6k
Shares

विराटनगर । दुई दशकअघि संखुवासभामा भएको दुईजना पुरुषको हत्यामा संलग्नमध्ये एक महिला पक्राउ परेकी छन्  . संखुवासभाको चैनपुर नगरपालिकाकी ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी हुन् । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएकी उनी फरार थिइन् ।

उनलाई मोरङको केराबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार तामाङलाई बुधबार पक्राउ गरी संखुवासभास्थित इलाका प्रहरी कार्यालय चैनपुरको जिम्मा लगाइएको थियो ।

घटनामा संलग्न तामाङलाई जिल्ला अदालत चैनपुरले दोषी ठहर गरिसकेको छ । अदालतले २०६६ फागुन १२ गते मुद्दाको किनारा लगाउँदै उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

संखुवासभाको साविकको सिद्धकाली–२ का मंगल लिम्बू र योगेन्द्र दाहालको २०६० फागुन १० गते हत्या भएको थियो । खानेपानीको पाइप हराएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा ८ जना मिलेर उनीहरुको हत्या गरेको खुलेको थियो ।घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?