काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् ।
कोइरालाले महानगरको शिक्षा बोर्डको सहमतिविना काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य क्याम्पसलाई प्लस टु चलाउन अनुमति दिएको आरोपमा ७ दिने स्पष्टीकरण सोधेका हुन् । साथै मेयर शाहले कोइरालालाई केही दिन बिदामा बस्न निर्देशनसमेत दिएका छन् ।
कोइरालाले नगरसमितिको बैठकको निर्णय अनुसार गर्नू भनिएपनि रत्नराज्य क्याम्पसलाई विज्ञान संकाय चलाउन ११ र १२ को अनुमति दिएका थिए । काठमाडौं नगरसमितिको बैठकमा यस विषयमा छलफल चलेपनि निर्णय भने भइनसकेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया