आजको मौसम पूर्वानुमान : तराईमा बाक्लो हुस्सु ,उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना

लोकपथ
77
Shares

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर परेको छ। झन्डै एक महिनालदेखि लाग्दै आएको बाक्लो हुस्सु र पश्चिम तराईका केही ठाउँमा परेको शीतलहरका कारण तराईको जनजीवन दैनदिन कष्टकर बन्दै गएको छ । महाशाखाले अझै केही दिन तराईमा लागेको बाक्लो हुस्सु नहट्ने जनाएको छ ।

यता देशभर चिसो बढ्ने क्रम रोकिएको छैन । उपत्यका सहित देशभर चिसो बढ्दो क्रममा छ ।आज काठमाडौंको न्युनतम तापक्रम २ दशमलब १ डिग्रि सेल्सियस मापन भएको छ ।महाशाखाको अनुसार आज पहाडी क्षेत्रमा भने मौसम आंशिक रुपमा बदली भएको छ । बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेपनि वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ । आज रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?