अफगानिस्तानमा अन्तर्राष्ट्रिय सम्मेलन

लोकपथ
49
Shares

काठमाडौं । तालिबानले अफगानिस्तानको सत्ता सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन गरेको जनाइएको छ । उक्त सम्मेलनमा भारतसहित १० देशको सहभागिता रहेको थियो । सम्मेलनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय समर्थन र सहयोगको अपेक्षा रहेको छ ।

‘क्षेत्रीय सहयोग पहल’ बैठक नाम दिइएको उक्त सम्मेलनलाई तालिवान शासनका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीले सम्बोधन गरेका थिए ।

अफगानिस्तानका सञ्चारमाध्यमका अनुसार सहभागी देशहरूमा भारत, काजाकिस्तान, टर्की, रुस, चीन, इरान, पाकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, इन्डोनेसिया र किर्गिस्तान समावेश छन् । सम्मेलनमा अफगानिस्तानका लागि रुसका विशेष प्रतिनिधि जमीर काबुलोभले प्रतिनिधित्व गरेका थिए ।

तालिवानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मुत्ताकीले अफगानिस्तानसँगको सकारात्मक संवादलाई बृद्धि गर्न र जारी राख्नका लागि यी देशहरूले क्षेत्रीय वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।

आफ्नो मन्तव्यमा मुत्ताकीले क्षेत्रीय विकासका लागि अफगानिस्तानमा उदीयमान अवसरको फाइदा उठाउन र सम्भावित खतरा व्यवस्थापनमा समन्वय गर्न सहभागीहरुलाई आग्रह गर्दै उनले साझा लाभका आधारमा क्षेत्रीय सहयोगका लागि क्षेत्रकेन्द्रित मार्ग खोजीमा केन्द्रित हुनुपर्ने बताए । उनले अफगानिस्तानमाथिको एकतर्फी प्रतिबन्ध हटाउन क्षेत्रीय सहयोगको आह्वान गर्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?