शहीदहरुको सपना पूरा गर्न साझा संकल्प गरौं : उपप्रमुख डंगोल

लोकपथ
273
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना साक्षी राखी एकजुट भएर काम गर्न आवश्यक रहेको बताएकी छिन् ।मंगलवार काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले शहीदहरुको बलिदानको जगमा टेकेर सबैले स्वतन्त्रता र स्वाधिनताको उपयोग गरिरहेको भन्दै शहीदले देख्नुभएको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि भने अहिले हामी सबैका बीचमा साझा संकल्प चाहिएको बताइन् ।

उनले भनिन्,‘शहीदहरुको बलिदानको जगमा टेकेर आज हामी जसरी सबै जनाले शासन, स्वतन्त्रता र स्वाधिनताको उपयोग गरिरहेका छौँ । हामीले अहिले प्रयोग गरिरहेको लोकतान्त्रिक शासन व्यवस्था पनि यसैको नतिजा हो । शहीदले देख्नुभएको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि भने अहिले हामी सबैका बीचमा साझा संकल्प चाहिएको छ । जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहीदहरुको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको छ । यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

उनले नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, उत्थान र सँगसँगै स्वास्थ्य शिक्षामा पहुँच तथा समावेशी पहुँचयुक्त विकासमा प्रतिबद्ध रहेको बताइन् । स्थानीय सरकार तहगत रुपमा नै नागरिकको मुहारमा खुशी ल्याउने कर्ममा लाग्नुपर्ने र त्यसैबाट शहीदले देखेका सम्पूर्ण सपनाहरु पूरा गर्न सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?